Rule 26A
उच्च माध्यमिक विद्यालय व्यवस्थापन समिति सम्बन्धी व्यवस्था
(१) उच्च माध्यमिक विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्नको लागि प्रत्येक उच्च माध्यमिक विद्यालयमा एक व्यवस्थापन समिति रहनेछ ।
(२) उपनियम (१) बमोजिमको व्यवस्थापन समितिको गठन, अध्यक्ष तथा सदस्यको पदावधि, काम, कर्तव्य र अधिकार, बैठक सम्बन्धी कार्यविधि तथा अन्य व्यवस्था माध्यमिक तहको सामुदायिक विद्यालय व्यवस्थापन समिति वा संस्थागत विद्यालय व्यवस्थापन समिति सरह हुनेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि उच्च माध्यमिक शिक्षा ऐन, २०४६ को दफा ३२ बमोजिम उच्च माध्यमिक शिक्षा सञ्चालन गर्ने विद्यालयको व्यवस्थापन समितिको गठन, काम, कर्तव्य, अधिकार तथा अन्य व्यवस्था उच्च माध्यमिक शिक्षा नियमावली, २०५२ बमोजिम हुनेछ ।